Hamro Sanchar

इजरायल र हिजबुल्लाहबिच युद्धविराम गर्ने सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १२ गते


Advertisement

काठमाडौँ । इजरायल र लेबनानबिच युद्धविरामको सहमति भएको छ ।

मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले अमेरिकाको मध्यस्थतामा हिजबुल्लाहले पठाएको युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।

यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबिच युद्धविराम भएको घोषणा गरेका थिए । बाइडेनले मङ्गलवार इजरायल र लेबनानमा हिजबुल्लाहबीचको संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ६० दिने युद्धविराम सम्झौता स्थायी हुनेगरी डिजाइन गरिएको बताए ।

सम्झौता स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेबाट लागू भएको छ ।

उनले आगामी ६० दिनमा इजरायलले बिस्तारै बाँकी सेनाहरू फिर्ता बोलाउने र दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रुपमा आफ्नो समुदायमा फर्किने विश्वास व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्