Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झाँक्री भुजेलको गाडीको ठक्करबाट गम्भीर घाइते नगरकोटीकी पत्नीको पनि मृत्युु

५२ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३ गते


Advertisement

काठमाडौँ। झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट गम्भीर घाइते भएकी सानुमाया नगरकोटीको पनि मृत्यु भएको छ ।

कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा दुर्घटना हुँदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी उपचारका क्रममा निधन भएको थियो । सानुमायालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

शुक्रवार सानुमाया नगरकोटीको पनि निधन भएको प्रहरीले जनाएको छ । सानुमायाको निधनपछि गरिएको पोष्टमार्टममा उनको पेटमा १२ हप्ता (तीन महिना) को गर्भ रहेको पुष्टि भएको थियो । आमासँगै कोखको शिशुको पनि निधन भएको छ ।

यस्तै   नगरकोटी दम्पतीको शव पाँच दिनपछि आज उठाइँदै छ । शव व्यवस्थापन तथा काजक्रियाका निम्ति झाँक्री भुजेल र मृतकको परिवारबीच आर्थिक विषयमा विवाद हुँदा मृतकको परिवारले ग्राण्डी अस्पतालबाट शव उठाएको थिएन ।

प्रहरीका अनुसार, आइतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि सोमबार शव उठाउने सहमति भएको हो । उनीहरुबीचको मध्यस्थता जिल्ला प्रहरी परिसर भद्रकालीले गरेको थियो ।

पहिला मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो । निरन्तरको वार्ता र स्थानीय जनप्रतिनिधिहरूको मध्यस्थतापछि आइतबार ५२ लाखमा सहमति भएको प्रहरीले जनाएकाे छ । भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन्  ।

 


प्रतिकृया दिनुहोस्