Hamro Sanchar

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुदा २५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २४ गते


Advertisement

पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा यात्रु घाइते भएको प्रहरीले बताएको छ ।

क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । मृतकको संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएको छ ।

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समयअनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।

करिब २५० जना रहेको स्थानमा विस्फोट भएको बीबीसीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्