Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टिपर दुर्घटना हुँदा २ भारतीय मजदुरको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनाका दुई जना भारतीय मजदुरको मृत्यु भएको छ।

मकालु-५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको उनले बताए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरू पनि भारतीय नागरिक नै हुन्। उनीहरू खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचाररत छन्।


प्रतिकृया दिनुहोस्