Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विपक्षी दलहरुले बाढीपहिरोबारे सरकारलाई कात्तिक ५ गते ज्ञापन पत्र बुझाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २ गते


Advertisement

काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारलाई आगामी कात्तिक ५ गते ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।

आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको सहभागी एक नेताले जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र बाढीपहिरो लगायतका विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको हो।

बाढीपहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने तयारी विपक्षी दलहरूको छ।

त्यस्तै, संसद्को विशेष अधिवेशनबारे पनि आजको बैठकमा छलफल भएको छ ।


प्रतिकृया दिनुहोस्