आज : २०८१ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आजदेखि देशैभर रुट परमिट खुला, दशैंको पूर्णिमासम्म रहने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १४ गते


Advertisement

काठमाडौं । सरकारले आजदेखि नै देशभरि रुट परमिट खुला गरेको छ ।

रुट परमिट दशैंको पूर्णिमासम्ममा कायम रहनेगरी देशैभरी सामबारदेखि रुट परमिट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको हो ।

यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने गरेको भए पनि यस वर्ष भने सोमबारदेखि नै रुट परमिट खुला गरिएको विभागका निर्देशक एवम सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए ।

उनका अनुसार अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले सोमबारदेखि नै रुट परमिट खुला गर्ने निर्णय भएको हो ।


प्रतिकृया दिनुहोस्