आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चलिरहेका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १२ गते


Advertisement

काठमाडौं । सरकारले अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ।

शनिबार दिउँसो आकस्मिक रुपमा प्रधानमन्त्री कार्यालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘अहिले सञ्चालन भइरहेको परीक्षाहरू स्थगित गर्ने निर्णय भएको छ’, गुरुङले भने।

साथै, उनले बाढी पहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको उनले बताए।

देशभर अवरुद्ध भएका सडक सञ्जालहश खोल्नका लागि पनि भौतिक, पूर्वाधार मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको गुरुङले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्