Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री ओलीले आज राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभामा भागलिने सिलसिलामा बुधबार साँझ ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका हुन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख लोकबहादुर थापालगायत सहभागी छन् ।


प्रतिकृया दिनुहोस्