Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल आयल निगम महेन्द्रनगर डिपोका कर्मचारीको हत्या, एकजना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १४ गते


Advertisement

जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा एक कर्मचारीको हत्या भएको छ ।

नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोस्थित एक कर्मचारीको हत्या भएको हो ।

नेपाल आयल निगम लिमिटेडका कर्मचारी राकेश वर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आयल निगमकै दुई कर्मचारीबीच भएको आपसी झगडाको क्रममा वर्माको हत्या भएको हो ।

बिहीबार राति १० बजेतिर उक्त घटना भएको हो। घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

वर्मा नेपाल आयल निगम लिमिटेडमा ज्यालादारीका कर्मचारी थिए ।


प्रतिकृया दिनुहोस्