Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सहकारी ठगी प्रकरण : छानबिन समितिसँग रविको ५० बढी प्रश्नहरुमा ९ घण्टा बयान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ८ गते


Advertisement

काठमाडौं । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग बयान लियको छ ।

शुक्रबार अपराह्न साढे ४ बजेबाट सुरु भएको बयानमध्यरातमा १ बजेर १५ मिनेटमा सकिएको हो ।

बयानमा ५० वटा भन्दा बढी प्रश्नहरु रहेको थिए । बयान ९ घण्टासम्म चलेको थियो ।

बयानमा रवि लामिछानेले बुटवलको सुप्रीम सहकारी, चितवनको सहारा सहकारी ,पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेट्वोर्कमा आएका आफ्नो नाममा खडा गरिएको ऋण, आफ्नो नाममा प्रवाह गरेको भनेको रकम ति सन्दर्भमा आफ्नो हस्ताक्षर आफ्नो कागजात नागरिकता समावेश नभएको स्पष्ट गरेको समितिका सभापती सूर्य थापाले जानकारी दिएका छन् ।

रवि आफू संस्थाको प्रबन्ध निर्देशकको रुपमा आफ्नो प्रशासकीय आन्तरिक काममा संलग्न भएको तर कार्यकारी प्रमुखका रुपमा आर्थिक सहयोग जुटाउने लगायातको कामहरु जीबी राइले गर्ने गरेकोले कहाँबाट कसरी रकम आयो भन्ने कुरा जीबी राइलाई थाहा बयान दिएका थिए ।


प्रतिकृया दिनुहोस्