Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसी अनियन्त्रित भएर पल्टिदा १९ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ७ गते


Advertisement

चितवन। चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ।

शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिएका छन्।

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो।

बसमा सवार १९ जना यात्रु घाइते छन्। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ। घाइते ९ जनालाई सरकारी अस्पताल र १० जनालाई पुरानो मेडिकल कलेजमा पठाइएको छ। दुई जना गम्भीर रहेको डिएसपी रिजालले बताएका छन् ।

बसमा क्षति पुगेको छ। बस घटनास्थलमै राखिएको हुँदा सडक अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको छ। घटनाबारे थप बुझ्ने काम भइरहेको छ।यसअघि पनि दुई वटा सवारीसाधनमा ढुंगा खसेको थियो। मानवीय क्षति भने भएको थिएन।


प्रतिकृया दिनुहोस्