आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पत्रकार महासंघ कुवेतले मनायो १५औं स्थापना दिवस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २१ गते


Advertisement

काठमाडौं, साउन २१- नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले १५औं स्थापना दिवस मनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै महासंघ कुवेतले स्थापना दिवस मनाएको हो ।

सन् २०११ मा स्थापना भएको महासंघले कार्यक्रमको आयोजना गरि १५औं स्थापना दिवस मनाएको हो ।

स्वर्गिय माधवशाही स्मृति पत्रकारिता पुरस्कार आचार्यलाई

महासंघ कुवेतका पूर्व उपाध्यक्ष स्वर्गीय माधव शाहिको स्मृतिमा स्थापना गरिएको ‘माधवशाही स्मृती पत्रकारिता पुरस्कार २०२४’ बाट पत्रकार आनन्द आचार्यलाई सम्मान गरिएको छ ।

कुवेतमा लामो समयदेखी कृयाशील पत्रकार तथा तितोपाटी डटकमका प्रबन्ध निर्देशक आनन्द आचार्यलाई नगद ७५ केडि सहित सम्मान गरिएको हो । आचार्यलाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली राजदूतावासका राजदूत घनश्याम लम्सालले नगद, सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

महासंघले स्थापना दिवसकै अवसरमा अन्तरक्रियात्मक कार्यक्रम ‘बिदेश विमर्श’ पनि गरेको छ । कुवेतमा कृयाशिला बिभिन्न क्षेत्र र संस्थाका प्रतिनितिहरुसंग गरिएको उक्त विमर्श पाँचवटा सेशनमा बाँडिएको थियो । ब्यबसायी, राजनितिक बिश्लेषक, संघसंस्थाका प्रमुख, महिला अधिकारकर्मी र नेपाली दूतावासको प्रतिनिधि बक्ताका रुपमा रहेको सो विमर्शमा बिषय केन्द्रीत भएर विमर्श गरिएको नेपाल पत्रकार महासंघ कुवेतले जनाएको छ ।


प्रतिकृया दिनुहोस्