
काठमाडौं, जेठ ३२- काठमाडौं महानगरले टुकुचा खोला खोल्नका लागि विशेष परियोजना सञ्चालन गर्ने भएकाे छ ।
शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले सो कुरा बताएका हुन् ।
उनले भने, ‘टुकुचा खोलालाई खुल्ला गरी प्राकृतिक रुपमा बग्न दिन र संरक्षण गर्न विशेष परियोजना सञ्चालन गरिने छ ।’
यस्तै महानगरको अन्य खोला नाला संरक्षण गर्ने तथा कोरिडोर विस्तार कार्यक्रमलाई निरन्तरता दिइने छ ।