Hamro Sanchar

कुवेतमा सिन्धुपाल्चोककी युवती १० महिनादेखि सम्पर्कविहीन

युग लामा प्रकाशित : २०८१ जेठ, २० गते


Advertisement

कुवेत, जेठ २०- रोजगारीका लागि कुवेत पुगेकी जुगल गाउँपालिका-२ की २१ वर्षीया युवती सम्पर्क बिहिन भएकी छन् । रोजगारीका लागि १ बर्षअघि कुवेत पुगेकी सार्किनी स्याङ्बो १० महिनादेखि हराइरहेकी हुन् ।

नेपालबाट पठाउने एजेण्ट पान बहादुर लामा रहेको बुझिएको छ । एजेन्ट लामा पनि जुगल-२ निम्लुङ निवासी हुन् ।

कुवेत आएको २ महिनासम्म नेपालमा पैसा समेत पठाएको सार्किनिका बाबु पेमा स्याङ्बोले बताए । पछिल्लो समय उनि बेखबर बनेपछि वडाअध्यक्ष चन्द्रकाजी लामाले नेपाली राजदूतावास कुवेतलाई खोजीको लागि सिफारिस अनुरोध गरेका छन् ।

खोजीका लागि सक्दो सहयोग गरिदिन सार्किनिको बाबु पेमा स्याङ्बोले सवैलाई अनुरोध गरेका छन् ।

सार्किनि बेपत्ता भएपछि खोजी कार्य जारी रहेको छ । परिवारले सार्किनिको खोजीका लागि सामाजिक अभियान्ता फूलकाजी स्याङ्बोलाई र सबै सञ्चार माध्यमममा अनुरोध गरेका छन् ।


प्रतिकृया दिनुहोस्