Skip

Hamro Sanchar

माछा मार्दै गर्दा ढुङ्गाबाट चिप्लिएर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १५ गते


काठमाडौं, जेठ १५- अस्ट्रेलियाको सिड्नीको समुद्रमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ ।

उनीहरूको नाम सार्वजनिक भएको छैन । तर, २२ र २५ उमेरका दुई नेपालीहरू को दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार पौने तीन बजे दिउसो ज्यान गएको सेभेन न्यूजले जानकारी दिएको छ।

उच्च जोखिम क्षेत्रमा लाइफ ज्याकेट नलाईकन माछा मार्ने क्रममा उनीहरूको ज्यान गएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्