आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आजको मौसम : वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा पर्नेछ पानी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १५ गते


Advertisement

काठमाडौं, जेठ १५- देशका केही भू–भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भू–भागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।


प्रतिकृया दिनुहोस्