Hamro Sanchar

खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन मे ३१ मा

महेश दाहाल प्रकाशित : २०८१ जेठ, ११ गते


Advertisement

कतार, जेठ ११- खोटाङ सेवा समाज कतारको १२औं अधिवेशन ३१ ‘मे’मा सम्पन्न हुने भएको छ । कतारको नेपाली सामाजिक संस्थाहरु मध्ये जेठो संस्थाको रुपमा स्थापित खोटाङ सेवा समाज कतारको एघारौ कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै १२औं अधिवेशनको लागि संस्थाका पदाधिकारिहरु तिब्र तयारिमा जुटेका छन् ।

‘प्रवासको पसिना स्वदेशको साकार सपना’ भन्ने मुल नारासहित सन १९९८ जनवरी ३१ तारिक मा स्थापना भएको संस्थाले विभिन्न आरोह-अवरोहहरु पार गर्दै १२औं अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला खोटाङ र कतारमा सामाजिक कार्यमा सक्रिय संस्थाले शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा उल्लेख्य सहयोग गरिसकेको संस्थाका प्रमुख सल्लाहकार रुद्र शर्माले बताए ।

विभिन्न पेशा ब्याबसायमा आवद्ध खोटाङेहरुको भब्य उपस्थिति रहने अपेक्षासहित संस्थाको १२औं अधिवेशन प्लाजा मलको वेल्फेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने महासचिव पर्शुराम श्रेष्ठ पवनले जानकारी दिए । कार्यक्रमको अन्य ब्यबस्थापकीय तयारी अन्तिम चरणमा पुगेको र कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भब्य रुपले सफल बनाइदिन अध्यक्ष कैलाश श्रेष्ठले अनुरोध गरे ।

अधिवेशनलाइ मध्यनजर गर्दै साधारण सदस्यता खुल्ला गरिएको हुँदा कतारमा रहेका सम्पुर्ण खोटाङेहरुलाइ यथाशीघ्र सदस्य बन्न तथा सदस्यता नविकरण गर्न सबैलाइ फेसबुक पेज मार्फत सुचित गरिएको उपाध्यक्ष डिल्लिशेर खड्काले जानकारी गराए ।

सांस्कृतिक तथा साहित्यक रुपमा आफ्नो छुट्टै पहिचान बनाएको खोटाङ जिल्लालाइ कतारमा पनि प्रबर्द्धन गर्ने उदेश्य सहित कार्यक्रममा सांस्कृतिक प्रस्तुतीको साथमा साहित्यको उच्च संयोजन रहने उपाध्यक्ष बलराम लोप्चनले बताए ।


प्रतिकृया दिनुहोस्