Skip

Hamro Sanchar

बाथरुममा लडेर एक बृद्धको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ९ गते


चितवन, जेठ ९- भरतपुर महानगरपालिका–११ मा बाथरुममा लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतेको फलेवास घरभई छोरी विमला लम्सालको घरमा बस्दै आएका ८६ वर्षीय शसीधर पाध्य रहेका छन् ।

मंगलवार बिहान करिब साढे ७ बजे बाथरुममा नुहाउने क्रममा लडेर घाइते भएका पाध्यको उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो । सोहि दिन बिहान ८ बजे चिकित्सकले पाध्यलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्