काठमाडौं, बैशाख २९- गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको बताएका छन् । शनिबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा ‘भगाएको मान्छे’लाई खोज्न समय लाग्ने बताए ।
‘समस्या आउँदा आउँदै भगाएको चाहीँ किन भन्ने प्रश्न पनि आउँछ । भगाइसकेको मान्छेलाई समय लाग्ने भएकाले हर कोशिस भइरहेको छ । भाग्दाखेरी को थियो सरकारमा खोज्नुस्,’ उनले भने ।
मन्त्री लामिछानेले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउनका लागि कोशिस भइरहेको पनि बताए ।
त्यसबारेमा मलेसियाका गृहमन्त्रीसँग आफ्नो कुरा भएको मन्त्री लामिछानेले बताए । मलेसियासँग सुपुर्दुगी सन्धी नभएकाले पनि कठिन भएको उनले बताए ।