Skip

Hamro Sanchar

भेरीमा ट्याक्टर खस्दा घटनास्थलमै दुईजनाको मृत्यु, तीन घाइते

रासस प्रकाशित : २०८१ बैशाख, २८ गते


त्रिवेणी (रुकुम पश्चिम), बैशाख २८- रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४, छेपारे नजिकै भेरी नदीमा ट्याक्टर खस्दा दुईजनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीनजना घाइते भएका छन् ।

आठविसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज दिउँसो भेरी नदीमा खसेको हो । दुर्घटनामा ट्याक्टर चालक आठविसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते तीनजनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । ट्याक्टर सडकदेखि १५० मिटर तल भेरी नदीमा खसेको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्