आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

“तत्काल पानी पर्ने सम्भावना छैन”

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २१ गते


Advertisement

काठमाडौं, वैशाख २१- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ ।

महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहे पनि उल्लेख्य पानी पर्ने सम्भावना नरहेको हो ।

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।

राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । प्रि मनसुन अवधिमा वर्षा नहुँदा देशभर वनमा डढेलो फैलिएको छ ।


प्रतिकृया दिनुहोस्