आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यी चार प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १७ गते


Advertisement

काठमाडौं, वैशाख १७- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै लुम्बिनी र कोशी प्रदेशका तराईका केही र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

 


प्रतिकृया दिनुहोस्