Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जन-जागृति युवा समाज कुवेतको अध्यक्षमा राम बहादुर योन्जन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


कुवेत, बैशाख १६- जन-जागृति युवा समाज कुवेतको अध्यक्षमा राम बहादुर योन्जन तामाङ चयन भएका छन् । शुक्रबार सम्पन्न साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सवले तामाङ चयन गरेको हो ।

तामाङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा जिवन सुनार, उपाध्यक्ष मिरा बि पौडेल, महासचिवमा मित्र भक्त आचार्य, सचीवमा हिमाला तामाङ, सह-सचिव सोनाम लामा, कोषाध्यक्ष सुर्यचन्द्र श्रेठ, सह-कोषाध्यक्ष उत्तम वाईबा, अर्थ संयोजकमा मिलन तामाङ रहेका छन् भने सदस्यमा कृष्ण गुरुङ, लाल बहादुर तामाङ, कल्पना कार्की, कोपिला शाही, डुक्साङ लामा, राजेन्द्र श्रेष्ठ र कल्पना लामा रहेका छन् ।

यस्तै समाजको महिला परिचालन समिति संयोजकमा कल्पना कार्की र सदस्यमा कोपिला शाही, पुर्णिमा तामाङ चयन भएका छन् ।

समाजको सल्लाहकारमा कृष्ण सुनार र सन्तोस सुनार, संरक्षकमा छत्र कार्की, टिकाराम आचार्य र आनन्द आचार्य रहेका छन् ।

अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका संरक्षक नबराज पन्थी, अध्यक्ष राज मल्लको विशेष आतिथ्यता रहेको थियो ।

अधिवेशनलाइ सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत लम्सालले जन-जागृतिले गरेका राम्रा कार्यहरूको प्रसंशा गर्दै यस्ता कार्यहरू निरन्तर रूपमा गरिरहनु आग्रह गरे । सम्बोधनमा राजदुत लम्सालले जन-जागृतिले गरेका सेवामुलक र जनचेतनामुलक कार्य आफैमा उदाहरणीय कार्य रहेकोले दूतावासकाे तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।


प्रतिकृया दिनुहोस्