Hamro Sanchar

गठबन्धनमा खटपट भएपछि प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ४ गते


Advertisement

काठमाडौं, बैशाख ४- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता खनालबीच अहिले बालुवाटारमा छलफल भइरहेको हो ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि गठबन्धनभित्र खटपट सुरू भएको छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीको पहिलो कार्यकाल आफूहरूले पाउनुपर्ने अडान राख्दै आएको थियो ।

तर प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई दिने बताएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो ।

सोमबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीको दाबी परेको छ । लक्ष्मणलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन छ भनेर कैलाशलाई नेकपा (एमाले), माओवादी केन्द्रलगायतको समर्थन छ ।


प्रतिकृया दिनुहोस्