Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बहुविवाह र विदेशी पीआरधारीलाई निजामती सेवामा ‘नो इन्ट्री’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

काठमाडौँ । अब बहुविवाह र विदेशी पीआरधारीलाई निजामती सेवामा ‘नो इन्ट्री

बालेन सरकारले प्रस्ताव गरेको सङ्घीय निजामती सेवा विधेयकमा बहुविवाह गर्ने तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति पिअार वा ग्रीन कार्ड लिएका व्यक्तिलाई निजामती सेवामा प्रवेश गर्न नदिने व्यवस्था गरिएको हो।

विधेयकको दफा १८ मा निजामती सेवाको उम्मेदवारका लागि योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था समेटिएको छ।

जसअनुसार बहुविवाह गरेका तथा विदेशी मुलुकको पीआर वा ग्रीन कार्ड लिएका व्यक्ति निजामती सेवाको उम्मेदवार बन्न अयोग्य हुने प्रस्ताव गरिएको हो।

त्यस्तै भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते, राष्ट्रहितविरुद्धको कसुर, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तुको बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी लगायतका कसुरमा अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई पनि निजामती सेवामा प्रवेश रोक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुरमा दोषी ठहरिएका तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्तिसमेत निजामती सेवाका लागि अयोग्य हुनेछन्।

यसैगरी सरकारी सेवाबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त भएका व्यक्तिले समेत पुनः निजामती सेवामा प्रवेश गर्न नपाउने प्रस्ताव गरिएको छ।

विधेयकमा निजामती सेवाका विभिन्न पदका लागि उमेर हदसमेत तोकिएको छ। राजपत्र अनङ्कित पदका लागि कम्तीमा १८ वर्ष र राजपत्राङ्कित पदका लागि २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सामान्यतया पुरुषका लागि ३५ वर्ष र महिलाका लागि ४० वर्ष उमेर हद तोकिएको छ।

पूर्वसैनिक तथा प्रहरीका लागि ४० वर्ष, अधिकृत नवौँदेखि एघारौँ तहसम्मका लागि ४५ वर्ष र अपाङ्गता भएका व्यक्तिका लागि ४० वर्षसम्म उमेर हदको व्यवस्था प्रस्ताव गरिएको छ।

यद्यपि, यसअघि नै सरकारी सेवामा स्थायी रूपमा कार्यरत तथा प्रदेश वा स्थानीय तहमा समायोजन भएका वा सिफारिस भएका कर्मचारीलाई उमेरको हद नलाग्ने व्यवस्था गरिएको छ।


प्रतिकृया दिनुहोस्