Hamro Sanchar

इजरायलमाथि ईरानी आक्रमण सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २ गते


Advertisement

काठमाडौं, बैशाख २- ईरानले इजरायलमाथि आक्रमण सुरु गरेको छ । ईरानी सेनाले इजरायलको तर्फबाट लगातार बढ्दै गएको आपराधिक गतिविधिविरुद्ध आक्रमण सुरु गरेको बताएको छ ।

बीबीसीका अनुसार गत अप्रिल १ मा सिरियास्थित ईरानी वाणिज्य दूतावासमाथि भएको आक्रमण इजरायलले गराएको आरोप लगाउँदै ईरानले आक्रमण सुरु गरेको हो ।

‘अपरेशन टू प्रमिस’ नाम दिएर ईरानले शनिवार रातभर इजरायलमाथि ड्रोन र मिसाइलले आक्रमण गरेको हो ।

ईरानले इजरायलको जेरुशेलमसहित विभिन्न सहरमा आक्रमण सुरु गरेको हो । हालसम्म आक्रमणले के कति क्षति भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन ।

पहिलेदेखि हमाससँग युद्धमा रहेको इजरायललाई ईरानी आक्रमण पछि तनाव उत्पन्न भएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडनबीच टेलिफोनमा वार्ता भएको छ । प्रधानमन्त्री नेतन्याहूले ईरानी आक्रमणबारे बाइडनलाई जानकारी गराएका छन् ।

त्यस्तै अमेरिकामा पनि इजरायलमाथि भएको आक्रमणको विषयमा सुरक्षा समितिमा छलफल भएको छ ।


प्रतिकृया दिनुहोस्