Hamro Sanchar

ताइवानमा २५ वर्षकै ठूलो भूकम्प, जापानद्वारा सुनामीको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २१ गते


Advertisement

काठमाडौं, चैत २१- ताइवानमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ ।

विगत २५ वर्षमा ताइवानमा यस्तो शक्तिशाली भूकम्प गएको थिएन । जापानले ओकिनावाको तटीय क्षेत्रबाट मानिसहरूलाई बाहिर निक्लिन सल्लाह दिएको छ।

सुनामी बिहान ९:३० मा इरियोमोट र इसिगाकी टापुहरूमा पुग्ने र मियाकोजिमा र ओकिनावाको मुख्य टापुमा बिहान १० बजे पुग्न सक्ने जनाइएको छ।

सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा सुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको थियो।

मार्च ११, २०११ मा, जापानको उत्तरपूर्वी तटमा ९ म्याग्निच्युडको भूकम्प आएको थियो। जुन जापानमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ। यसपछि विनाशकारी सुनामी आएको थियो।

जापानमा भूकम्प जानु सामान्य कुरा मानिन्छ । यसलाई संसारको सबैभन्दा शक्तिशाली भूकम्पीय क्षेत्रहरू मध्ये एक मानिन्छ।


प्रतिकृया दिनुहोस्