Hamro Sanchar

टंक प्रसादको सुसाइड नोट : ‘केही गर्न पनि नसक्ने भएँ, कसैलाई दोष नलगाउनु’

प्रदिप नेपाली प्रकाशित : २०८० चैत्र, १३ गते


काठमाडौं, चैत १३- शंखरापुर नगरपालिका वडा नम्बर ३ को जहरशिंह पौवा सामुदायिक वनमा मृत अवस्थामा भेटिएका ७१ बर्षिय टंक प्रसाद शिवाकोटीले स्वैच्छिक मरण रोजेको लेखिएको सुसाइड नोट भेटिएको छ । उनले आफु कमजोर भएको, अब केही गर्न पनि नसक्ने भएकाले स्वैच्छिक मरण रोजेको उल्लेख गरेका छन् ।

शिवाकोटीले तरकारीमा हाल्ने किटनाशक दुई बोतल औषधी र केही मदिरा लगेर आधा-आधी दुवै तरल पदार्थ सेवन गरिएको देखिएको वडाध्यक्षको फुर्वा लामाले जानकारी दिए ।

वडाध्यक्ष लामाकाअनुसार सुसाईट नोटमा उनले आफ्नो शव पोस्टमार्टम नगर्न र विधुतीय शवदाह गृहमा जलाउनु भनेर लेखेको भेटिएको छ ।

सुसाईट नोटमा उनले लेखेका छन्, ‘म कमजोर भएँ, अब केही गर्न पनि नसक्ने, बुढो पनि भएको कारण । मलाई कसैले केही नगरेको र कसैले केही गाली गलौज गरी भनी बिझाएको पनि नभएकोको कारण मैले स्वैच्छिक मरण रोजेको हुँ । कसैलाई केही दोस नलगाउनु र मलाई पोस्टमार्टम पनि गर्नु पर्दैन । मलाई दाउराले नभएर विधुतीय शवदाह गृहमा जलाउनु ।’

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका शिवाकोटी हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मुलपानीमा बस्दै आएका थिए ।

मुलपानीको राधाकृष्ण मन्दिरनजिक आफ्नै निवासबाट गत चैत ६ गते हराएका उनि सोमबार जहरशिंह पौवा सामुदायिक वनको फेदीको जंगलमा मृत अवस्थामा भेटिएका हुन् ।

९ वटा विद्यालयका प्रधानाध्यापक चलाएका साथै तात्कालिन जनकपुर अंचलका विशिष्ट श्रेणीका प्रधानाध्यापकको उपमा पाएका शिवाकोटी जिल्ला शिक्षा कार्यालय दोलखामार्फत जिल्ला भरीका विद्यालयमा प्रशिक्षणसमेत दिने गरेका थिए ।

उनको मृत्यु बारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्- मुलपानीबाट हराएका बृद्ध जहरसिङ पौवा सामुदायिक वनमा मृत भेटिए


प्रतिकृया दिनुहोस्