आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंसहितका धेरै ठाउँमा मौसम बदली, चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, ७ गते


Advertisement

काठमाडौं, चैत ७– काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज काठमाडौं उपत्यकासहित बाग्मती, मधेश र कोशी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

कोशी, मधेश र बाग्मती प्रदेशका थोरै ठाउँका साथै पहाडी भेगका अरु एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का पानी पर्न सक्ने उनले बताए । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।


प्रतिकृया दिनुहोस्