Hamro Sanchar

मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २ गते


काठमाडौं, चैत २- रौतहटको परोहा नगरपालिका–९ खापचोकमा मनि ट्रान्सफर संचालकमाथि गोली प्रहार भएको छ । खापचोकस्थित शिवम् मनि ट्रान्सफरमा लुटपाटका क्रममा लुटेराहरुले संचालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गरेका हुन् ।

शुक्रबार दिउँसो हतियारसहित मोटरसाइकलमा आएको तीनजनाको समूहले मनी ट्रान्सफर सञ्चालक साहलाई धम्क्याउँदै लुटपाट गरेको हो । सो क्रममा लुटेरा समूहले साहलाई गोली प्रहार गरेको हो । गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले बताएको छ । लुटपाटमा संलग्न भारत मोतिहारीका मुनिशकुमार यादव, राजनकुमार पासवान र चन्द्रभान सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोलसहित घटनाको केही बेरमै नियन्त्रणमा लिएको हो ।


प्रतिकृया दिनुहोस्