Hamro Sanchar

कुवेतमा सडक दुर्घटनामा परी ३ नेपालीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १ गते


Advertisement

काठमाडौं, चैत १- सडक दुर्घटनामा परि कुवेत पुगेका ३ नेपालीको मृत्यु भएको छ । मंगलबार (१२ मार्च) उनीहरूको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

मृत्यु हुनेमा नागार्जून-२ काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।

बिहान ५ बजे तिर साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिडेका उनीहरुलाई महाबुल्ला एरियाको सिसाईड रोडमा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए ।

घटना पश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको छ ।

नेपाली राजदूतावास अनुसार दुर्घटनाको सुचना पाए लगतै परिवार तथा कम्पनसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ ।


प्रतिकृया दिनुहोस्