आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल टेलिकमको कार्यालय १२ घण्टासम्म खुला, सर्वसाधारणले गरे सेवाको प्रशंसा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २५ गते


Advertisement

बागलुङ, फागुन २५- नेपाल टेलिकम बागलुङले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मै सेवा संचालनमा ल्याएको छ । फागुनको ८ गतेदेखि शनिबार र सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि ५ बजेसम्म र कार्यालय खुल्ने दिन बिहानैदेखि बेलुकीसम्म सेवा संचालनमा ल्याएको हो ।

विशेषगरी सेवाग्राहीको सिम कार्ड लिने र इन्टरनेट सेवाको काम र मर्मत सेवा जतिबेला पनि पर्ने भएपछि कार्यालयले सार्वजनिक बिदा भनेर कार्यालय बन्द नगर्ने भएको हो । ‘न्युनतम एकजना प्राविधिक र एकजना प्रशासनिक कर्मचारी जुनसुकै बेला कार्यरत हुने गरी खटाइएको छ’ कार्यालय प्रमुख सन्तोष बरालले भने, ‘टेलिफोन र इन्टरनेटको समस्या आएर कोही रोकिनुपर्दैन ।’ जानकारी पाउनासाथ प्राविधिक पुगेर तथा कार्यालयबाट पनि सेवा दिने उनले बताए ।

फाइवर सेवामा अवरोध आउँदा तत्काल सेवा दिन नसकेमा उपभोक्तालाई असर पर्ने भएकोले यो सेवा थालिएको उनको भनाइ छ । ग्राहकको काउन्टर नियमित खुल्दा सेवाग्राहीले पनि सहजै सेवा पाएका छन् । बागलुङ सहित साविकको धौलागिरि क्षेत्रका ४ जिल्लाका अधिकांश स्थानमा ४ जी र बजार क्षेत्रमा फाइवर इन्टरनेट सेवा संचालनमा छ ।

टेलिकमले मर्मतकालागि प्रविधि र उपकरण तथा सामाग्रीहरु उज्यालो छउन्जेल नियमित खटाउने गरेको हो । बागलुङ शाखाले आफ्नो सेवाप्रवाहलाई उपशाखाको रुपमा पर्वत, म्याग्दी र मुस्ताङमा पनि शुरु गरिसकेको छ । यसरी सेवा संचालन गरेकोमा सर्वसाधारणले सेवाको प्रशंसा गरेका छन् ।


प्रतिकृया दिनुहोस्