Hamro Sanchar

प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १४ गते


काठमाडौं, फागुन १४- सरकारले प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाहीका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गएको २० गते सर्लाहीको बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा भएको विरोध प्रदर्शनका क्रममा बरहथवा नगरपालिका–६ का युवा व्यवसायी जय शंकर साहको प्रहरीको गोली लागेको ज्यान गएको थियो ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति नै गठन गरेको थियो ।


प्रतिकृया दिनुहोस्