Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कार्यालय आएर सेवाग्राहीको सेवा नगरी परीक्षाको तयारीमा कर्मचारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १४ गते


Advertisement

काठमाडौँ, फागुन १४- सेवाग्राहीको सेवाका लागि सरकारी सेवामा प्रवेश गरेका कतिपय निजामती कर्मचारी कार्यकक्षमै परीक्षाको तयारी गरेर बस्ने गरेका छन् । सरकारी सेवामा प्रवेश गरेपछि कतिपय कर्मचारीले आफ्नै वृत्ति विकास र सेवा सुविधाका लागि मात्रै समय खर्चिने गरेको पाइन्छ ।

परीक्षा तयारी गर्नकै लागि सेवाग्राहीको चाप कम हुने हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, वन तथा वातावरण मन्त्रालय, विभिन्न आयोगलगायतका कार्यालयमा सरुवा हुनका लागि भनसुनसमेत गर्ने गरेका छन् ।

लोक सेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्विकार्छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय सङ्घीय कार्यालयमा कार्यरत कर्मचारी परीक्षाको तयारीका लागि कार्यकक्षमै बसेर परीक्षाको तयारी गर्ने गरेको स्वीकार गरे । उनले भने, “केही कार्यालयमा कतिपय कर्मचारी कार्यकक्षमै अध्ययन गरेर बसेको पाइन्छ तर हामीले परीक्षाको तयारी गरेर बस्नुपर्दा बिदा लिएर बस्नु भनेका छौँ । सेवाग्राहीको कामलाई बाधा पारेर कुनै पनि कर्मचारीले आफ्नो वृत्ति विकासका लागि मात्र समय दिनु हुँदैन ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।


प्रतिकृया दिनुहोस्