आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल टेलिकमको कुन सेवाका गुनासो कुन नम्बरमा गर्ने?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १२ गते


Advertisement

काठमाडौं, फागुन १२– नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासा राख्नका लागि विभिन्न नम्बर प्रयोग गर्न सक्ने व्यवस्था छ। कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरमार्फत कम्पनीमा प्रदत्त विभिन्न सेवाबारे बुझ्न र गुनासा टिपाउन सक्ने जनाइएको छ।

सोधपुछ तथा गुनासा व्यवस्थापनका लागि प्रयोग गरिएका यी नम्बर ग्राहककै सहजताका लागि निःशुल्क गरिएको टेलिकमको भनाइ छ।

१९१ –(कस्टुमर सेवा)

जीएसएम, सीडीएमए र वाइम्याक्स सेवाबारे जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्न सकिने टेलिकमले जनाएको छ। १९१ नम्बरमा कल गरेपछि प्राप्त निर्देशन अनुसार जीएसएमका लागि अंक १, सीडीएमएको लागि अंक २ र वाइम्याक्सका लागि अंक ३ थिच्नुपर्नेछ। त्यसपछि सम्बन्धित सेवाका बारेमा जिज्ञासा राख्न र गुनासो टिपाउन सकिने टेलिकमले जनाएको छ।

१९७ (नम्बर साेधपुछ)

नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात् स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोबाइल वा कुनैपनि टेलिफोन नम्बरबाट कल गर्न सकिने टेलिकमले जनाएको छ।

त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको टेलिफोन नम्बर टेलिफोनबाटै उपलब्ध गराउँछ। हाल आफूलाई चाहिएको व्यक्ति वा संस्थाको ल्यान्डलाइन नम्बर कम्पनीको वेबसाइटमा उपलब्ध लिंकमा गएर पनि खोज्न सकिन्छ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ भने संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर खोज्न सकिन्छ ।

१९८ ( मर्मत सेवा)

नेपाल टेलिकमका सेवाहरुका बारेमा गुनासो टिपाउनका लागि १९८ नम्बरमा डायल गर्नुपर्छ। नेपाल टेलिकमले सञ्चालन गरिरहेको तारवाला स्थानीय टेलिफोन, एडीएसएल, भिस्याट टेलिफोन, फाइबर टु द होम (एफटीटीएच) र लिज लाइन मर्मतका लागि यसको प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

१९८ नम्बरमा कल गरेपछि स्वचालित सिस्टमबाट प्राप्त निर्देशन अनुसार टेलिफोन कम्प्लेनको लागि अंक १, एडीएसएल कम्प्लेनको लागि अंक २, भिस्याट कम्प्लेनको लागि अंक ३, एफटीटीएच कम्प्लेनको लागि अंक ४ र लिज लाइन कम्प्लेनको लागि अंक ५ थिच्नुपर्छ। त्यसपछि दिइएको निर्देशन अनुसार मर्मत गर्नुपर्ने नम्बर उपलब्ध गराएपछि कम्पनीको तर्फबाट मर्मत कार्यको प्रक्रिया अगाडि बढ्ने टेलिकमको भनाइ छ।

१४९८ (माेबाइल सेवा)

मोबाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा फोन गर्नुपर्ने टेलिकमको भनाइ छ। मोबाइल तथा वाइम्याक्स सेवासम्बन्धी कुनै जिज्ञासा वा गुनासो मात्र नभई सेवा प्रयोगबारे कुनै जानकारी प्राप्त गर्नुपरेमा पनि यस नम्बरमा कल गर्न सकिने टेलिकमको भनाइ छ।


प्रतिकृया दिनुहोस्