Hamro Sanchar

प्लास्टिकजन्य फूल प्रयाेग गर्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १२ गते


काठमाडौं, फागुन १२- काठमाडौं महानगरले प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने बताएको छ ।

गएको साउनदेखि काठमाडौं महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लाष्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ । अहिले पनि केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले महानगरले त्यस्ता ठाउँमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।

महानगरले गएको साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

प्लास्टिकजन्य वस्तुका कारण सृजित फोहर घटाउन तथा वातावरणलाई स्वच्छ बनाउने उद्देश्यले महानगरले प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउँदै आएको छ ।


प्रतिकृया दिनुहोस्