Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहराका स्थानीयले घर सम्पन्न प्रमाणपत्र लिन अनिवार्य २ वटा बिरुवा रोप्नुपर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, ३ गते


काठमाडौं, फागुन ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो ।

नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रमअनुसार भवन निर्माण तथा शहरी विकासको नीतिअनुसार घर वरपर उपयुक्त देखिने स्थानमा फलफुल मध्ये अम्बा, आरु, जापनिज हलुवावेद र मुन्तला, बनजातीमा धुपी र कपुर यस्तै धार्मिकमा पारिजात, अमला र करबिर जातका विरुवा लगाउनु पर्नेछ ।

यीमध्ये कुनैपनि २ वटा जातका बिरुवा रोप्नुपर्नेछ । अन्यथा घर निर्माण सम्पन्नको प्रमाणपत्र जारी नहुने नगरपालिकाद्धारा जारी सुचनामा बताइएको छ ।

बिरुवाहरु नगरपालिकाको कृषि विकास शाखाबाट लिन सकिने बताइएको छ ।


प्रतिकृया दिनुहोस्