आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भौतिक मन्त्री ज्वालाद्वारा नेपाल प्रहरिलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने मेसिन हस्तान्तरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १७ गते


Advertisement

काठमाडौं, माघ १७- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान RFID मेसिन नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको बिवरण रिड गर्ने (Radio Frequency Identification Mechine) RFID मेसिन हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यबिभाजनका डिआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका हुन् । हाललाई ५ थान हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात ब्यवस्था बिभागले जनाएको छ । हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भएपनी यसमा उपलब्ध डाटा रिड गर्ने कुनै पनि प्रणालिको व्यवस्था थिएन ।

योसंगै अब भौतिक पूर्वाधार मन्त्रालयको यातायात व्यवस्था बिभागले देशका विभिन्न नाकाहरुमा इम्बोर्डस प्लेट रिड गर्ने गेटको समेत निर्माण गरिरहेको छ ।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सवारी साधनमा इम्बोर्डस प्लेट जडान गरेसङ्गै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्वपूर्ण हुने बताए । सो अवसरमा यसको डेमो समेत गरेर देखाईएको थियो ।

कार्यक्रममा भौतिक मन्त्रालयका सचिव केशव कुमार शर्मा, यातायात व्यवस्था बिभागकका महानिर्देशक उद्दब प्रसाद रिजाल तथा ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेको समेत उपस्थिती थियो ।


प्रतिकृया दिनुहोस्