Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजार भन्दा बढीको आवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ७ गते


काठमाडौँ, पुस ७- ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन् । उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन् ।

पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताए । कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो ।

यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन् । उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ । उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्नेछ ।

उनीहरूका लागि पछि छुट्टै समय तोकेर आवेदन खुला गर्ने तयारी ईपीएस कोरिया शाखाले गरेको छ ।


प्रतिकृया दिनुहोस्