काठमाडौं, पुस ५- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी र देशद्रोही हो भन्दै दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कटाक्ष व्यक्त गरेका छन् ।
उनले मन्त्री किराँतीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘केरे केरे ? क्रिश्चियनलाई मान्दिन भन्नुचैं संविधानलाई मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन् । …यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्दिने हो । अब देशलाईनै जेलमा परिणत गर्नु पर्ने भो त ।’
उनले क्रिश्चियनलाई त के यो संविधानलाई पनि नमान्ने अधिकार जनतालाई भएको बताएका छन् । उनले मन्त्री किराँतीको बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध भएको बताएका छन् ।