काठमाडौं, मंसिर २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न रातदिन कसरत भइरहेको बताएका छन् ।
तर अहिलेको गठबन्धनको सरकार पूरा अवधि चल्ने उनले बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने र अर्को बनाउने एकथरिको खेल, कसरत भइरहेको छ ।’
उनले अहिलेको गठबन्धन सरकार नै पूरै अवधि चल्नेसमेत बताए ।
‘गठबन्धन पूरै अवधि जान्छ । अब एक वर्षको समीक्षा गर्ने र अर्को वर्षका लागि नयाँ रणनीति सोच्ने बेला आएको छ,’ प्रधानमन्त्री दाहालले भने ।