काठमाडौं, मंसिर १५- पोखरामा जारी ‘केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेश भिड्ने भएका छन् ।
आर्मी बागमती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो । एपीएफलाई पराजित गरी मधेशले फाइनलमा स्थान पक्का गरेको हो ।
प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ ।
प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार र बेस्ट बलरले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।