Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कतारसँग प्रधानमन्त्रीको आग्रह- विपिनको सकुशल रिहाइका लागि पहल गरिदिनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ९ गते


काठमाडौं, मंसिर ९- प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको नियन्त्रणबाट सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।

नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन् ।

मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे ।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयका साथै व्यापार, लगानी, विकास सहायता तथा नेपालीलाई कतारमा रोजगारीका अवसर उपलब्ध गराउनेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्