Hamro Sanchar

एमाले अध्यक्ष ओलीको दाबी : व्यवस्था विरोधी गतिविधि गर्न सरकारले नै वातावरण बनाइदियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ६ गते


Advertisement

काठमाडौं, मङ्सिर ६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था विरोधी गतिविधि गर्न सरकारले नै अनुकूल वातावरण बनाइदिएको आरोप लगाएका छन् ।

एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले मुलुकलाई प्रतिगमनतर्फ लैजाने कोसिस भएको बताउँदै त्यसलाई एमालेले सफल हुन नदिने दाबी गरे ।

एमालेले व्यवस्था विरोधी गतिविधिहरू बढिरहेका बेला मध्यपहाडी लोकमार्गमा अभियान लिएर हिँड्न लाग्दा अवरोध गर्नेगरी प्रतिगामी तत्त्वहरू सलबलाउन थालेको पनि ओलीले बताएका थिए । उनले यस्ता गतिविधि रोक्न एमाले अग्रसर हुने पनि बताए ।

‘एमालेले अब मुलुकलाई पछाडि फर्कन दिँदैन, प्रतिगमनतर्फ जान दिन्नौँ । देशलाई प्रतिगमनतर्फ जानतर्फ जानका लागि यो निकम्मा सरकारले अनुकूल वातावरण सिर्जना गरेको छ’ अध्यक्ष ओलीले सम्बोधनको क्रममा भने ।

सम्बोधनकै क्रममै अध्यक्ष ओलीले युवा संघका कार्यकर्ताले महिलाहरुलाई बास बसेको ठाउँबाट उठाएर नखेदेको समेत बताएका थिए ।

‘पार्टीको अभियानपछि आन्दोलनकारी नयाँ ढंगले अघि बढ्नुपर्ने हुन्छ, स्वार्थी तत्त्वहरू सडकमा आएका छन् । हामीलाई बदनाम गराउन लागिपरेका छन् । भिडियो जुन सार्वजनिक भएको छ । त्यसमा युवा संघको कुनै संलग्नता छैन’, ओलीले सम्बोधनको क्रममा भनेका थिए ।


प्रतिकृया दिनुहोस्