Skip

Hamro Sanchar

दुर्गा प्रसाईं समूहलाई प्रदर्शन गर्न बल्खु क्षेत्र तोकियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ५ गते


काठमाडौ, मंसिर ५- दुर्गा प्रसाईं समूहले यही मंसिर ७ गते गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय बल्खु क्षेत्र तोकिदिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको जानकारी दिए ।

यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो । युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टाछुट्टै घोषणा गरेका थिए ।


प्रतिकृया दिनुहोस्