Hamro Sanchar

कांग्रेसको निर्णय : सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १९ गते


Advertisement

काठमाडौँ, कात्तिक १९- नेपाली कांग्रेसका सांसदहरुले १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय भएको छ । भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो बराबरको रकम दिने निर्णय भएको हो ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गर्दै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्