Hamro Sanchar

मूलपानी मैदानमा पहिलो पटक टि-ट्वेन्टी-आईको खेल हुँदै, आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १ गते


Advertisement

काठमाडौं, कात्तिक १- नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदै छ । मुलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।

प्रि–म्याच कन्फरेन्समा बोल्दै राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान रोहित पौडेलले रोहित पौडेलले जीतका साथ त्रिकोणात्मक टि–ट्वेन्टी–आई सिरिजको सुरुवात गर्न चाहेको बताएका छन् । उनले भारतको नागपुरमा टिमले राम्रो तयारी गरेको बताए ।

एसियाली खेलकुदबाट फर्किए लगत्तै नेपाली टिम अभ्यासका लागि भारत गएको थियो । टिम सोमबार मात्र काठमाडौं आइपुगेको हो ।

आईसीसी टि–ट्वेन्टी विश्वकप छनोट अघि हुन लागेको सिरिज महत्त्वपूर्ण रहेको कप्तान रोहितको भनाइ छ । युएई कप्तान मोहम्मद वासिमले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको नेपाल र हङकङलाई पराजित गर्दै सिरिज उपाधि जित्ने लक्ष्य राखेको उल्लेख गरे ।

नेपाल क्रिकेट संघ क्यानमा नयाँ नेतृत्व आए पछिको यो पहिलो खेल हो । क्यानका सचिव तथा प्रतियोगिताका निर्देशक पारस खड्काले अन्तिम समयमा सिरिजको तयारी गरेको उल्लेख गरे । नेपालले कार्तिक २ गते हङकङ, ४ गते हङकङ र ६ गते पुनः युएईसँग खेल्नेछ भने ८ गते हङकङसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल असोज १० गते हुनेछ । सिरिजको फाइनलबाहेक सबै खेल मूलपानीको माथिल्लो मैदानमा हुनेछ । मूलपानीमा टि–ट्वेन्टी–आईको खेल पहिलो पटक हुन लागेको हो । यो मैदानमा ओडिआई भने सञ्चालन भइसकेको छ । खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।


प्रतिकृया दिनुहोस्