Hamro Sanchar

कीर्तिमानी आरोही तेन्जेन लामा हिमपहिरोमा बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २१ गते


काठमाडौं, असोज २१- चीनको सिसापाङ्‍मा हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतमा पर्ने सिसापाङ्‍मा हिमालमा शनिबार तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन् । ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको मृत्यु भएको छ ।

हिम पहिरोमा बेपत्ता भएका तेन्जेन लामा विश्व कीर्तिमानी आरोही हुन् । उनले गत साउनमा ९२ दिनमै विश्वका अग्ला १४ शिखरको आरोहण गरेर कीर्तिमान बनाएका थिए । नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलासँगै बनाएको यो रेकर्ड यसअघि निर्मल पुर्जा उर्फ निम्स दाइ को नाममा थियो ।

पुर्जाले ६ महिना ६ दिन लगाएर बनाएको उक्त रेकर्ड तेन्जेनले आधा समयमै भंग गरिदिएका थिए ।


प्रतिकृया दिनुहोस्