
काठमाडौं, असोज १२- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारले अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन् ।
शुक्रबार संसदीय समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले चिकित्सकको सुरक्षाका लागि सरकार गम्भीर भएको बताए । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकको सुरक्षाका लागि अस्पतालमा सुरक्षाकर्मी राख्नेबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बिहीबार छलफल भएको जानकारी दिए ।
गृहमन्त्रीसँगको छलफलमा चिकित्सकहरु असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने समझदारी भएको जानकारी गराए ।