Hamro Sanchar

एमाले बागमती अधिवेशन : आज मतदान, अध्यक्षमा ढुङ्गेल र दाहालबीच प्रतिस्पर्धा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १२ गते


काठमाडौँ, असोज १२- नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।

एमाले नेतृत्वले सहमतिमै प्रदेश कमिटी चयन गर्न गरेको प्रयास असफल भएपछि आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरे पनि कैलाश ढुङ्गेल र कृष्ण दाहालबाहेक अन्यले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

एमालेले प्रदेश कमिटीको आकार पनि बढाएको छ । यसअघि पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको एमालेले ५ सङ्ख्या बढाएर २४५ बनाउने भएको छ । आदिवासी, जनजाति र पिछडिएको वर्गबाट ५ सदस्य थपिने बताइएको छ ।


प्रतिकृया दिनुहोस्